दैलेखको राकम कर्णालीवाट सुत्केरीको हवाई उद्धार
मातृभूमी संवाददाता । २१ चैत्र दैलेख
दैलेखमा एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । दैलेखको आठबिस नगरपालिका ९ की १९ वर्षीया ललिता बिष्टको हेलिकप्टर मार्फत उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । जुम्ल्याहा बच्चालाई जन्म दिई सकेपछि आमाको स्वाथ्यमा समस्या देखिएपछि हेलिकप्टर मार्फत उद्धार गरि थप उपचारका लागी प्रदेश हस्पिटल सुर्खेत पठाएको राकम कर्णाली आधारभुत अस्पतालका डाक्टर लोकजंग शाहीले जानकारी दिए ।
आठवीसमा गर्भवती महिलाको स्वास्थ्यमा जोखिम भएको जानकारी आएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको आठवीस नगरपालिकाका नगरप्रमुख तर्क बहादुर बडुवालले बताए ।
दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अर्न्तगत राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले वताए ।
दैलेख जिल्लामा हेलिकप्टर मार्फत सवैभन्दा वढी सुत्केरी तथा गर्भवती महिलाको आठबिस नगरपालिकावाट उद्धार हुने गरेको नगरपालिकाका उपप्रमुख कल्पना थापाले बताईन् ।