दैलेखमा सबैभन्दा वढी मकै उत्पादन

भिमबहादुर सिजापति । २२ चैत्र दैलेख
दैलेखमा उत्पादन हुने खाद्यान्न मध्ये सबैभन्दा बढी मकै उत्पादन हुने गरेको छ । कृषि विकास कार्यालय दैलेखले यो वर्ष सबैभन्दा बढी ४२ हजार २ सय १३ मेट्रिक टन मकै उत्पादन भएको छ ।
दैलेखमा २१ हजार १ सय २५ हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको कृषि विकास कार्यालय दैलेखले जनाएको छ । दैलेखमा मकैपछि बढी उत्पादन हुने बाली धान हो । दैलेखका ११ वटै पालिकाको तथ्यांक अनुसार ८ हजार २ सय ५७ हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीवाट २६ हजार ७ सय ४२ मेट्रिक टन धान उत्पादन भएको कृषि विकास कार्यालय दैलेखका कृषि अर्थविज्ञ झलक भण्डारीले जानकारी दिए ।
कार्यालयका कृषि अर्थविज्ञ भण्डारीका अनुसार गहुँ उत्पादन तेस्रो स्थानमा पर्दछ । गत वर्ष १३ हजार २ सय ८५ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिँदै आइएको छ । गत वर्ष मात्रै दैलेखमा १५ हजार ४ सय ५ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।
दैलेखमा २ हजार ५ सय ४५ हेक्टर क्षेत्रफल जमिनमा कोदो खेती गर्दा २ हजार ९ सय ४३ मेट्रिक टन उत्पादन भएको कृषि अर्थविज्ञ झलक भण्डारीले जानकारी दिए । दैलेखमा अन्य वालिको तुलनामा कोदो खेती कम हुने गरेको भण्डारीको भनाई छ ।
दैलेखमा उत्पादन बढाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिँदै आइएको कृषि विकास कार्यालय दैलेखले जनाएको छ । उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने, कृषकलाई प्रोत्साहन गर्ने, अनुदान दिने लगायत कार्यक्रम सञ्चालन गरिरहेको कृषि अर्थविज्ञ झलक भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *