जाजरकोट केन्द्र भएर दुई पटक गयाे भूकम्प

मातृभूमी संवाददाता । २२ चैत्र दैलेख
शुक्रबार राति जाजरकोटको कुसे गाउँपालिका ९ पैक केन्द्रबिन्दू बनाएर लगातार दुई पटक भूकम्प गएको छ । ८ बजेर ७ मीनेटमा ५ दशमलव २ रेक्टर स्केल र दोस्रो पटक ८ बजेर १० मीनेटमा ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाण्डौका प्रवक्ता मोनिका झाले जानकारी दिईन् ।
यो समाचार तयार पार्दासम्म मानवीय क्षति केही नभएको र छिटपुट घरहरु भत्केको जानकारी आएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले बताए । घरमा जमघट भइसकेको समयमा गएको भूइँचालोले जमिन हल्लाएपछि सल्यान, रुकुम, दैलेख, सुर्खेत लगायतका जिल्लामा भागदौड चलेको त्यहाँका सरकारी अधिकारी, सञ्चारकर्मी र स्थानीयहरुले जानकारी दिएका छन् ।
दैलेख सदरमुकाममा भूकम्पको झड्का झण्डै २० सेकेन्डसम्म गरिएको थियो । दैलेख सदरमुकाममा भूकम्प पछि सर्वसाधारण नागरिक सडक र खुल्ला स्थानमा निस्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *