कर्मचारीले छोरा छोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने व्यवस्था


मातृभूमी संवाददाता । २७ चैत दैलेख
चामुण्डा बिन्द्रासैनी नगरपालिकाका कर्मचारीले सरकारी विद्यालयमा मात्रै छोरा छोरी पढाउनुपर्ने व्यवस्था गरेको छ । नगरपालिकाद्वारा जारी विज्ञप्ति अनुसार नगरपालिकाको शैक्षिक स्तर खस्कँदै गएको र सरकारी सेवा सुविधा लिइरहेकाले निजी विद्यालयमा छोराछोरी पढाउनुपर्ने भन्दै शिक्षा क्षेत्रको आमूल सुधारका लागि यो निर्णय गरेको उल्लेख गरिएको छ ।
नगरपालिकाका कोही कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्नागरी अध्यापन नगराएको खण्डमा उनीहरूको सेवा सुविधा रोकिने नगरपालिकाले जनाएको छ ।
प्रस्तुत विषयमा यस नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्मका सामुदायिक विद्यालयको विभिन्न शैक्षिक सूचना तथा शैक्षिक तथ्यांक कक्षा ८ देखी कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार सिकाई उपलब्धि स्तर राष्ट्रिय मापदण्ड भन्दा न्यून रहेकाले सो उपलब्धिलाई सुधारोन्मुख बनाउन, शिक्षालाई गुणस्तरीय तथा उत्पादनसँग जोड्न र जिम्मेवार नागरिक तयार गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ नियम ११ (ज) मा व्यवस्था भए अनुसार यस पालिकामा नेपाल सरकारको राज्यकोषबाट सेवा सुविधा लिने जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूका छोराछोरीहरू सामुदायिक विद्यालयमा अनिवार्य रूपमा भर्ना गर्न २०८१/१२/१९ को नगर कार्यपालिका बैठकको निर्णय अनुसार आगामी शैक्षिक सत्र २०८२ वैशाख २ गते देखि १४ गतेसम्म अनिवार्य रूपमा आफूलाई पायक पर्ने सामुदायकि विद्यालयमा भर्ना गरी सहयोग गर्न हुन सरोकारवाला सबैमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *