कला, संस्कृति संरक्षण तथा पर्यटन पवद्र्धन गर्न दैलेखमा महोत्सव सुरु
जित बहादुर थापा (रोशन) । २७ चैत दैलेख
जिल्लामा उत्पादित कृषिजन्य वस्तुको बजारिकरण, स्थानीय कला र संस्कृतिको संरक्षण तथा पर्यटकिय क्षेत्रको प्रचार–प्रसार गर्दै बुधबारदेखी दैलेख सदरमुकामकाे खुल्ला प्राङ्गण काँडाचौरमा साँस्कृतिक तथा पर्यटन महोत्सव–२०८१ सुरु भएको छ ।
महोत्सव उद्घाटन कर्णाली प्रदेशका भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहको प्रमुख अतिथ्यतामा महोत्सवको उद्घाटन गरेका हुन् । उद्घाटन समाहरोहमा कर्णाली प्रदेशका पूर्व पर्यटन मन्त्री कृष्ण कुमार विसी, प्रदेश सभा सदस्य ईन्द्रा शाही, नारायण नगरपालिकाका मेयर लोमन शर्मा, डुङ्गेश्रर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार के.सी, जिल्ला समन्य समितिका संयोजक नमराज शाही, प्रमुख जिल्ला अधिकारी नवराज जैसी लगायतका सहभागीता रहेको थियो ।
दैलेख जिल्लामा उत्पादित कृषिजन्य वस्तुको बजारिकरण, स्थानीय कला र संस्कृतिको संरक्षण तथा पर्यटकिय क्षेत्रको प्रचारप्रसारका लागि दैलेख साँस्कृतिक तथा पर्यटन महोत्सवको आयोजना गरिएको महोत्सव मुल समारोह समितिका संयोजक भुपेन्द्र शाहीले बताए ।
दैलेख जिल्लाका स्थानीय तहमा उत्पादन हुने कृषि वस्तुहरूको वजारिकरणका साथै स्थानीय कलासंस्कृति झल्कने लहरेपैसरी नाच, ढालतरवार नाच, देउडा तथा रत्यौली नाच, हुड्के नाच, मयुर नाच, टप्पा नाच, गर्रा नाच प्रदर्शनी गरिएको थियो ।
महोत्सव स्थलभित्र स्थानीय उत्पादन, कला, संस्कृति, पेसा–व्यवसाय र रैथाने परिकार प्रदर्शन तथा व्यापारिक प्रायोजनका लागि एक सय भन्दा बढि स्टल राखिने आयोजक संस्थाहरुले जनाएका छन् ।
रेडियो मातृभूमी एफ.एम. ९६.५ मेगाहर्ज दैलेख र स्वाच्छ शहर निर्माण केन्द्र दैलेख मुख्य आयोजक रहेको दैलेख साँस्कृतिक तथा पर्यटन महोत्सवको सह–आयोजकमा नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दैलेख र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा दैलेख रहेका छन् ।
महोत्सव चैत्र २७ गतेदेखी बैशाख ४ गतेसम्म सञ्चालन हुने र ५ गते समापन हुने मुल समारोह समितिका संयोजक शाहीले बताए ।