तीन महिनाकी शिशु अपहरणपछि जंगलबाट सकुशल फेला
मातृभूमी संवाददाता । २९ चैत दैलेख
दैलेखको ठाटीकाँध गाउँपालिका १ सिराडीबाट गएराति अपहरणमा परेकी स्थानीय बम बहादुर बुढाकी तीन महिने छोरी श्रीया बुढा फेला परेकी छिन् । शिशु लिएर भाग्दै गरेको अवस्थामा चामुण्डा बिन्द्रासैनी नगरपालिका २ को लामिडाँडा जंगलबाट प्रहरीले अन्दाजी २० वर्षीय महिलालाई नियन्त्रणमा लिएको हो ।
जंगलमा भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख श्याम अर्यालले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिएको महिला सोही ठाउँको सिरवल भन्ने ठाउँकी शर्मिला विष्ट हुन् ।