वडाध्यक्ष विरुद्ध यौन दुर्व्यवहारको उजुरी, प्रहरी अनुसन्धान गर्दै
मातृभूमी संवाददाता । ३० चैत दैलेख
दुल्लु नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष कुलबहादुर कार्की विरुद्ध एक महिलाले जिल्ला प्रहरी कार्यालय दैलेखमा यौन दुर्व्यवहार सम्बन्धी उजुरी दिएकी छन् । शुक्रबार ती महिलाले जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनिल दाहालले वडाध्यक्ष कार्की विरुद्ध एक महिलाले उजुरी दिएको बताए । ‘वडाअध्यक्ष कूल बहादुर कार्की विरुद्ध एक जना महिलाले यौन दुर्व्यवहार सम्बन्धी उजुरी दिएकी हुन् । डीएसपी दाहालले भने ‘जाहेरी आइसके पछि शुरूमा अनुसन्धान गर्ने कार्य शुरू भएको छ । यदि सत्य नै रहेछ भने जाहेरी दर्ता हुन्छ । अहिले हामी अनुसन्धान गरिरहेका छौं’ ।
वडाध्यक्ष कार्कीले घरमा कोही पुरुष नभएको अवस्थामा राति ११ बजे पसलमा आई जबरजस्तीकरणी गर्न खोजेको ती महिलाले उजुरीमा उल्लेख गरिएकाे छ ।
दुल्लु नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष कार्कीलाई चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ९ डौंसुरमा गत चैत २४ गते राति चार जना युवाहरूले बिजुलीको पोलमा बाँधेर भिडिओ बनाएका थिए ।