आन्दोलनमा नजाने शिक्षकले २ हजार सहयोग गर्नुपर्ने
जित बहादुर थापा (रोशन)
नेपाल शिक्षक महासंघ दैलेखले काठमाडौंमा भइरहेको आन्दोलनमा सहभागी नहुने दैलेखका शिक्षकहरूबाट कम्तीमा २ हजार असुल गर्ने भएको छ । आन्दोलन अर्न्तगत चैत २५ देखि आम हड्ताल घोषणा भएकाले आन्दोलनका कार्यक्रममा सहभागी हुन भनेको छ ।
सहभागी नहुने शिक्षकले कम्तीमा पनि २ हजार रूपैयाँ नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति दैलेखमा पठाउन निर्देशन दिएको छ । यो रकम पनि नदिने र आन्दोलनमा समेत सहभागी नहुने शिक्षक कर्मचारीहरूको हकमा आम शैक्षिक हड्तालको समयावधिको हाजिरी सम्बन्धमा सोच्न बाध्य हुने महासंघले चेतावनी दिएको छ ।