भीमा बलामीको मृत्यु प्रकरणमा फैसला, परिवारलाई १५ लाख क्षतिपुर्ति
मातृभूमी संवाददता । ०४ वैशाख दैलेख
कर्णाली प्रदेश अस्पतालमा डाक्टरको लापरबाहीका कारण एक वर्ष अघि (२०८० चैत्र २९ गते मृत्यु भएकी २२ वर्षीय को विषयलाई लिएर परेको मुद्दामा सुर्खेत जिल्ला अदालतले एक वर्षपछि फैसला गरेको छ । मृतकको पति र छोरीले प्रतिवादीहरूबाट १५ लाख रुपैयाँ क्षतिपुर्ति भराई पाउने ठहरी फैसला भएको अदालतका सूचना अधिकारी उज्जलदेव रावलले बताए ।
अधिवक्ता शेरबहादुर खत्रीको रोहबरका भीमाका जेठाजु नाता पर्ने धनबहादुर मगरले २०८१ वैशाख १७ गते प्रदेश अस्पताल र अस्पतालका तत्कालीन निर्देश डम्बर खड्का र उपचारमा संलग्न डाक्टर ललितजंग शाही विरुद्ध अन्तरकालीन माग गर्दै मुद्दा दायर गरेका थिए । उनले उपचारका क्रममा भएको त्रुटि, हेलचेक्राईं र लापरबाहीबाट मृत्यु भएको भन्दै क्षतिपुर्ति भराई पाउँ भनेर मुद्दा दिएका थिए । त्यसको ठिक एक वर्षपछि न्यायाधीश दीपक ढकालले प्रतिवादीहरूबाट १५ लाख रुपैयाँ क्षतिपुर्ति भराई पाउने ठहरी फैसला गरेका हुन् ।
पीडित परिवारले उचित क्षतिपुर्ती सहित छानबिनको माग गर्दा पनि सम्बन्धित निकायले सुनुवाइ नगरेपछि उनीहरू अदालत गएका थिए । प्रदेश अस्पतालमा यस्ता थुप्रै घटनाहरू घट्दै आएपनि अनुसन्धान हुने गरेको थिएन् ।