डुङ्गेश्रर गाउँपालिका २ मा रेविज विरुद्ध खोप लगाइदै
जित बहादुर थापा (रोशन) । ०७ बैशाख दैलेख
दैलेखको डुङ्गेश्रर गाउँपालिका २ ले घरपालुवा कुकुरलाई निःशुल्क रेविज विरुद्धको खोप लगाउने भएको छ । रेविज विरुद्धको खोप कार्यक्रम अर्न्तगत २ नं. वडा कार्यालयले निःशुल्क रेविज विरुद्धको खोप शिविर संचालन गरी घरपालुवा कुकुरलाई खोप लगाउने भएको हो ।
घरपालुवा कुकुरहरु जंगली जनावरको सम्पर्कमा रहने भएकाले रेविज सर्न सक्ने सम्भावना भएको हुँदा रेविज विरुद्धको खोप लगाउन लागिएको वडाध्यक्ष याम बहादुर बिष्टले जानकारी दिए ।
गत वर्ष पनि डुङ्गेश्रर गाउँपालिका २ मा रहेका १ सय २० बढी घरपालुवा कुकुरलाई रेविज विरुद्धको खोप लगाएको र अहिले १ सय ५० कुकुरलाई खाेप लगाउने लक्ष्य रहेकाे पशु प्राविधिक दुर्योधन वि.सी.ले जानकारी दिए । स्याल, फ्याउरो लगायतका जंगली जनावर बस्तीमा छिरेर कुकुरलाई टोक्दा रेविज फैलिने गरेको पशु प्राविधिक वि.सी.ले बताए ।