वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

नेत्र कठायत । १० बैशाख दैलेख
दैलेखको महाबु गाउँपालिका २ ले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । पालिकाको केन्द्रमा रहेको बैंकसम्म पुग्न नसक्ने वृद्धवृद्धा तथा अशक्त नागरिकको समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयवाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
घुम्ती शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको महाबु गाउँपालिकाका २ का वडाध्यक्ष प्रकाशराज थापाले जानकारी दिए । वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेसँगै अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई बैङ्कमा घण्टौँ लाइन बस्नु पर्ने बाध्यता हटेको वडाध्यक्ष थापाले बताए ।
वडाध्यक्ष थापाले दुई दिनमा वडाका झन्डै ३ सय ९८ जना वृद्धवृद्धा तथा अशक्त लाभग्राहीलाई वडा कार्यालयबाटै भत्ता प्रदान गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *