रेविज विरूद्ध खोप शिविर समपन्न
भगवती खत्री । १० बैशाख दैलेख
दैलेखको डुङ्गेश्रर गाउँपालिका २ लाकुरीमा निःशुल्क रेविज रोग विरूद्ध खोप शिविर समपन्न भएको छ । रेविज विरुद्धको खोप कार्यक्रम अर्न्तगत २ नं. वडा कार्यालयले निःशुल्क रेविज विरुद्धको खोप शिविर संचालन गरेको हो ।
शिविरमा १ सय १८ कुकुरलाई खोप लगाएको र अन्य छुटफुट कुकुरलाई आगामी दिनमा खोप लगाइने पशु प्राविधिक दुर्योधन वि.सी.ले जानकारी दिए । गत वर्ष पनि डुङ्गेश्रर गाउँपालिका २ मा रहेका १ सय २० बढी घरपालुवा कुकुरलाई रेविज विरुद्धको खोप लगाएको उनले बताए ।
स्याल, फ्याउरो लगायतका जंगली जनावर बस्तीमा छिरेर कुकुरलाई टोक्दा रेविज फैलिने गरेको पशु प्राविधिक वि.सी.ले जानकारी दिए ।