दैलेखको महावु २ का सबै सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना

नेत्र कठायत । १२ बैशाख दैलेख
दैलेखको महाबु गाँउपालिका २ का सम्पुर्ण सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । वडा नं. २ मा रहेका विपन्न, जेहेनदार र अशक्त विद्यार्थीहरुलाई अध्ययनमा सहयोग गर्न अक्षयकोष स्थापना गरिएको हो । महाबु गाँउपालिका २ मा रहेका ४ वटा सामुदायिक विद्यालयमा अक्षयकोष गरिएको वडाध्यक्ष प्रकाशराज थापाले जानकारी दिए ।
महाबु गाँउपालिका २ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय आटिपाटामा एक लाख एघार हजार एक सय एघार रुपैयाँ, शिव नेपाल राष्ट्रिय आधारभुत विद्यालय मान्ममा एक लाख एघार हजार एक सय एक रुपैयाँ र नेपाल राष्ट्रिय आधारभुत विद्यालय केउरेपानीमा एक लाख एघार हजार एक सय एघार रुपैयाँको लता थापा स्मृति अक्षयकोष स्थापना गरिएको वडाध्यक्ष थापाले जानकारी दिए ।
वडाध्यक्ष थापाले महावु गाउँपालिका वडा नं. २ का तीन वडा सामुदायिक विद्यालयमा लता थापा स्मृति अक्षयकोष स्थापना गरिएको वताए । यस्तै जगदिश माध्यामिक विद्यालय बडाखोलामा पाँच लाख तीन हजार रुपैयाँको लक्ष्मण गुरुङ स्मृति अक्षयकोष र दुई लाख पाँच हजार रुपैयाँको बालाराम कार्कि स्मृति अक्षयकोष स्थापना गरिएको वडाध्यक्ष थापाले जानकारी दिए ।
महावु गाउँपालिका वडा नं. २ का विद्यालयमा असहाय, जेहेन्दार र आर्थिक अबस्था कमजोर भएका विद्यार्थीहरु शिक्षाबाट बन्चित हुन नपरोस भन्ने उद्देश्यका साथ आफ्नी स्वर्गीय माता लता थापाको सम्झनामा आफ्नो वडाका तीन वटा सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको वडाध्यक्ष थापाले बताए । अक्षयकोषले आर्थिक अभावले पढ्दापढ्दै विद्यालय छोड्ने विपन्न, गरिव, जेहेनदार विद्यार्थीहरुलाई सहयोग मिल्ने वडाध्यक्ष थापाले विश्वास व्यक्त गरे ।
यसैगरी महावु गाउँपालिकाका तत्कालिन अध्यक्ष स्वर्गीय लछुमन गुरुङको स्मृतिमा उनको परिवारले जगदिश माध्यामिक विद्यालयमा पाँच लाख तीन हजार रुपैयाँको र स्वर्गीय बालाराम कार्की स्मृतिमा उनको परिवारले दुई लाख पाँच हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । विद्यालयमा अध्ययनरत गरिब, विपन्न बालबालिकाहरूलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको स्वर्गीय गुरुङका छोरा विनय गुरुङले जानकारी दिए ।