विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न दुल्लु नगरपालिकाको निर्देशन

अस्मित सिजापति । १५ बैशाख दैलेख
दैलेखको दुल्लु नगरपालिकाका नगरप्रमुख भरतप्रसाद रिजालले मंगलबारदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । नगरप्रमुख रिजालले आइतवार एक विज्ञप्ति जारी गर्दै नगरभित्रका सबै सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघहरूलाई विद्यार्थी भर्नाको वातावरण तयार गर्न आग्रह गरिएको छ ।
नयाँ शैक्षिक सत्र सुरु हुने समय सकिन लाग्दा समेत काठमाडौंमा जारी शिक्षक महासंघको आन्दोलनका कारण विद्यालयहरूको भर्ना प्रक्रिया प्रभावित भएको अवस्थामा नगरपालिकाले यस्तो निर्देशन दिएको हो । नगरप्रमुख रिजालले विज्ञप्तिमा शिक्षकहरूको आन्दोलनको स्वरूप परिमार्जन गरी विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण र सिकाई क्रियाकलाप सुचारु गर्न ध्यानाकर्षण गराएका छन् । साथै, संविधानतः शिक्षकका उचित मागहरू सम्बोधन गर्न नेपाल सरकारलाई पनि तत्काल पहल गर्न नगरप्रमुख रिजालले अनुरोध समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *