राउटे मुखिया सुर्यनाराण शाहीको मृत्यु
भगवती खत्री । १६ बैशाख दैलेख
कर्णालीका जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायका मुखिया सुर्यनारायण शाहीको मृत्यु भएको छ । शाहीको गएराति ९ बजे ४९ वर्षको उमेरमा मृत्यु भएको हो ।
शाहीको राउटे परम्परा अनुसार मंगलवार दाहसंस्कार गरिएको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले बताए । मुुखिया शाहीका एक श्रीमती लक्ष्मी शाही, एक छोरा बन्दबिर शाही र तीन छोरीहरु पेलेन शाही, जापानी शाही र महेन्द्रा शाही रहेका छन् ।
१ सय ३६ जनाको संख्यामा रहेको यो समुदायमा मुखियाको मृत्यु भएसँगै पुरुष ६० जना र महिला ७५ जना गरी १ सय ३५ मा झरेको छ । फिरन्ते जीवनयापन गर्दै आएका उनीहरू हाल २ ठाउँमा बस्दै आएका छन् ।
यो समुदाय आजभोली दुई समुहमा विभाजन भएको छ । एक समुह वीरेन्द्रनगर नगरपालिका १३ को करेखोला जंगलमा बसोबास गरिरहेको छ भने अर्को समुह बराहाताल गाउँपालिका ८ सोतखोलाको जंगलमा बसोबास गरिरहेको छ ।