दैलेखकाे दुल्लुमा अनलाईन मार्फत विद्यार्थी भर्ना गर्न शुरु

जित बहादुर थापा (रोसन) । १६ बैशाख दैलेख
दैलेखको दुल्लु नगरपालिकामा अनलाईन मार्फत विद्यार्थी भर्ना अभियान संचालन गर्न निर्देशन दिईएको छ । मंगलवारदेखी नगरपालिकाभरी अनलाईन मार्फत विद्यार्थी भर्ना अभियान संचालन गर्न दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालले निर्देशन दिएका छन् ।
बैशाख १४ गते पत्र लेख्दै नगरभित्रका सबै सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको वातावरण तयार गर्न नगरप्रमुख रिजाल आग्रह गरेका थिए । बैशाख १५ गते नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बिकाशजंग शाहीले पत्र लेख्दै अनलाईन मार्फत विद्यार्थी भर्ना अभियान शुरु गर्न निर्देशन दिएका हुन् ।
विद्यालयमा नियमित सिकाई क्रियाकलापमा सहभागी हुन पाउने बालवालिकाको हकलाई ध्यान दिदै सोसेक नेपाल अर्न्तगत हातेमालो परियोजनाको आर्थिक सहयोग तथा रिभरेन्ट कम्प्युटर इन्स्टिच्युट दुल्लुको प्राविधिक सहयोगमा तयार गरिएको अनलाईन विद्यार्थी भर्ना प्रणाली मार्फत अभिभावकले घरबाटै सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्न सकिने पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *