दैलेखको दुल्लू नगरपालिमा चितुवा मृत फेला

जित बहादुर थापा (राेशन)। १९ वैशाख दैलैख
वयस्क चितुवा मृत फेला परेको छ । दुल्लू नगरपालिका ३ देउटाकुरा बस्तीमा बिहीवार विहान चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय दैलेखका कार्यालय प्रमुख राधाकृष्ण दासले जानकारी दिए ।
उक्त ठाउँमा मरेको कुखुरा समेत फेला परेकोले कसैले विष हालिदिँदा चितुवा मरेको हुनसक्ने अधिकारीहरूको अनुमान रहेको छ । मृत चितुवाको शव परीक्षणपछि डिभिजन वन कार्यालय दैलेखको हातामा गाडिएको छ ।
घटनाको अनुसन्धान भइरहेको कार्यालय प्रमुख दासले बताए ।

