मृतक माझीको परिवारलाई क्षतीपूर्ती दिने सहमतिसँगै अवरुद्ध कर्णाली राजमार्ग सुचारु

नेत्र कठायत । २२ बैशाख दैलेख
दैलेखको आठवीसमा करेन्ट लागेर मृत्यु भएका नगेन्द्र माझीका आफन्तले अवरुद्ध गरेको कर्णाली राजमार्ग सुचारु भएको छ । आठवीस नगरपालिकाको राकम कर्णालीमा करेन्ट लागेर माझीको आइतबार साँझ मृत्यु भएपछि आफन्तले सोमवार विहानैबाट कर्णाली राजमार्ग अवरुद्ध गरेका थिए ।
नेपाल विद्युत प्राधिकरण कालिकोट, प्रहरी र पीडित परिवारसँगको सहमतिमा बन्द भएको राजमार्ग सञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए । मृतक परिवारका एक सदस्यलाई रोजगारी दिने र कानुन अनुसार पाउने क्षतीपूर्ती मध्ये एक लाख रुपैयाँ काजकिरियाका लागि उपलव्ध गराउने सहमति भएको प्रहरी निरिक्षक खड्काले जानकारी दिए ।
पीडित परिवारसँग सहमति भएसँगै सोमबार विहानैबाट राकम कर्णाली बजारमा अवरुद्ध गरिएको राजमार्ग सञ्चालनमा आएको प्रहरी निरिक्षक खड्काले बताए । आठवीस नगरपालिका ४ राकमका २९ वर्षीय माझीलाई आइतबार साँझ घाँस काट्ने क्रममा करेन्ट लागेको थियो । माझि चढेको रुखमा विद्युतको तारले छोएको र करेन्ट प्रवाह हुँदा उनको घटना स्थलमै मृत्यु भएको प्रहरी निरक्षक खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *