दैलेख उद्योग बाणिज्य सघको चुनावमा कस्ले मार्ला बाजी ?

मातृभूमि सबाददाता । २५ बैशाख दैलेख

दैलेख उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि चुनावी प्रतिस्पर्धा सुरु भएको छ । नयाँ नेतृत्वका लागि युवा व्यावसायि राजेस हमाल र नरेन्द्र थापाको प्यानल निर्वाचनमा होमिएको छ ।

बैशाख २१ गते आइतबारदेखि सुरु भएको संघको १०औं अधिबेशन गणपुरक संख्या नपुगेपछि स्थगित भएर २४ गते बुधबारदेखि पुनः सुरु भएको हो । बुधबार अध्यक्ष पदका प्रत्यासी हमाल र थापाले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका हुन् ।

दैलेख उद्योग बाणिज्य संघमा हाल ६ सय १३ मतदाता रहेका छन् । यो निर्वाचनबाट अध्यक्ष १ र सदस्य १६ जना गरि १७ जना निर्बाचित हुने निर्वाचन समितिका प्रेम बहादुर थापाले जानकारी दिए ।

बिहीबार बिहान ७ बजेबाट मतदान सुरु हुने भनेपनी साढे ९ बज्दासम्म पनि मतदान सुरु हुन सकेको छैन । उम्मेदवारहरु निर्वाचन आफ्नो पोल्ठामा पार्न मतदाताहरुसंग मत मागी रहेका छन् ।

नेपाली काङ्ग्रेस तर्फबाट उम्मेदवार बनेका हमाललाई नेकपा एकीकृत समाजबादी र रास्वपाको समर्थन रहेकोे छ । यस्तै नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका थापालाई नेकपा माओवादी र राप्रपाको समर्थन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *