सडक कालोपत्रे हुन थालेपछी स्थानीय खुशी

जित बहादुर थापा (रोशन) २५ वैशाख दैलेख
डुङ्गेश्रर गाउँपालिकासम्म जाने सडक कालोपत्रे हुने भएको छ । कर्णाली प्रदेश प्रदेश तथा स्थानीय सडक सुधार कार्यक्रमले माथिल्लो डुङ्गेश्रर बजारदेखि  डुङ्गेश्रर गाउँपालिका डाँडापराजुलसम्म जाने सडक कालोपत्रे गर्ने भएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एक कार्यक्रमका बीच सडक शिलान्यास गरेका छन् । विश्व बैंकको ऋण सहायतामा संचालन हुने गरी संघ सरकारको समन्वय तथा स्थानीय तहको सहयोगमा प्रदेश सरकारबाट कार्यान्वयन हुने गरी पूर्वाधार विकास कार्यालयले रेखदेखको जिम्मेवारी लिने गरी उक्त सडक कालोपत्रे हुन लागेको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका यगेन्द्र धरालाले बताए ।
करिब ८ किलोमिटर सडक कालोपत्रेका लागि २८ करोड १२ लाख ७५ हजार ९ सय ३७ रुपैयाँमा गरिएको ठेक्का आह्वानमा श्री अमर खड्काकृष्ण–वासना जेभीले २४ करोड बढीमा ठेक्का सम्झौता गरेको छ । शिलान्यास कार्यक्रममा तोकिएको समयभन्दा छिटो काम सक्ने उद्घोष निर्माण व्यवसायी मानव बमले गरेका छन् ।
कार्यक्रमले मुख्य गरी प्रादेशिक सडकहरूलाई स्तरोउन्नति तथा आवधिक र नियमित मर्मत सम्भार गर्ने, गाउँपालिका तथा नगरपालिका केन्द्रलाई बाह्रै महिना सडक सञ्चालन हुने लक्ष्य राखिएको छ । सामाजिका विकास सभापति तथा कर्णाली प्रदेश सभा सदस्य पूर्णबहादुर खत्रीले कालोपत्रे सडक निर्माणले डुङ्गेश्ररवासीहरू खुसी भएको बताए । उनले समयमै काम सक्नका लागि सबैको हातेमालो हुनुपर्ने बताए ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिका विकास सभापति तथा कर्णाली प्रदेश सभा सदस्य पूर्णबहादुर खत्री, भौतिक राज्य मन्त्री गमता विक, दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, नेपाल प्रत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनार, डुङ्गेश्रर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार के.सी, विभिन्न वडाका वडाध्यक्षहरु, सरकारी निकायका कर्मचारी लगाएको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *