दैलेख उद्योग वाणिज्य संघको निर्वाचनमा फर्जी मत हाल्ने एमाले नेतालाई पक्राउ गर्न प्रहरी परिचालन

शंकर किशाेर अभय । २५ बैशाख दैलेख
दैलेख उद्योग वाणिाज्य संघको निर्वाचनमा फर्जी मत हाल्ने एमाले नेतालाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । नेकपा एमाले दैलेखका जिल्ला कमिटी सचिवालय सदस्य नरेन्द्रबहादुर शाहीले भगवतीमाई गाउँपालिका ४ का नगेन्द्रबहादुर शाहीको शाही कृषि तथा पशुपंक्षि फर्मको फर्जी मत हालेको पाइएको हो ।
भगवतीमाई गाउँपालिका २ का नगेन्द्र बहादुर शाहीले आफ्नो मत हाल्न जाँदा अरुले मत हालेको पाईएपछि मताधिकारबाट बञ्चित भएको गुनासो गरेका छन् । मतदान स्थलमा खटिएका प्रहरी निरीक्षक देवीराम भण्डारीले फर्जी मत हालेको पाइएपछि एमाले दैलेख जिल्ला कमिटी सदस्य समेत रहेका नरेन्द्रबहादुर शाहीलाई खोजी गर्न प्रहरी परिचालन गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *