उद्योग बाणिज्य संघको चुनावमा ५ सय ५८ मत खस्याे
शंकर किशाेर अभय। २५ वैशाख दैलेख
उद्योग बाणिज्य संघ दैलेखको बिहीवार भएको मतदानमा ५ सय ५८ मत खसेको छ । कुल ६ सय १३ मतदाता मध्ये उक्त संख्यामा मत खसेको हो ।
साँझ ७ बजेदेखि मतगणना सुरु गर्ने निर्वाचन समितिले जानकारी दिएको छ, करिब–करिब राति ११ सम्म नतिजा आउने अनुमान छ ।
नरेन्द्रबहादुर थापा र राजेशकुमार हमाल अध्यक्ष पदका प्रत्यासी रहेका छन् । दुबै उम्मेदवारका १७–१७ जना सदस्यहरु पनि चुनिने छन् ।
दैलेख उद्योग बाणिज्य संघको विधानले सदस्यहरुबाट उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा आन्तरिक चुनावबाट चुनिने व्यवस्था रहेको छ ।