दैलेख उद्योग बाणिज्य संघको अध्यक्षमा थापा निर्बाचित
शंकर किशाेर अभय । २६ बैशाख दैलेख
दैलेख उद्योग बाणिज्य संघको दशौं अधिवेशनबाट अध्यक्षमा नरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा ३ सय ३१ मत प्राप्त गर्दै थापा अध्यक्षमा निर्बाचित भएका हुन् ।
उनका निकतम प्रतिद्वन्द्वी राजेश हमालले २ सय १५ मत प्राप्त गरे । शुक्रबार विहान घोषणा गरिएको परिणाम अनुसार बाँकी १६ जना सदस्यहरु पनि अध्यक्ष थापाको प्यानल नै निर्वाचित भएका छन् ।
निर्वाचित सदस्यहरुमा कुमार प्याकुरेल, गगनबहादुर कार्की, ध्रुवविक्रम थापा, प्रकाश गहतराज, राधा पंगाली ज्ञवाली, रामबहादुर बिक र सन्तोष श्रेष्ठ नेपाली काँग्रेस समर्थक हुन् भने कविराज ठगुल्ला र भेषराज भण्डारी नेकपा माओवादी केन्द्रका उम्मेदवार हुन् ।
१६ मध्ये बाँकी सदस्यहरु ओमकार कोइराला, कालु सिंह बोगटी, गंगप्रसाद जैसी, पूण्यप्रसाद शर्मा, बिष्णुकुमारी जैसी र शंकर श्रेष्ठ नेकपा एमाले निकट सदस्य हुन्। एक जना सदस्य योगेन्द्रप्रसाद सिग्देल भने राष्ट्रिय प्रजातन्त्र पार्टीसंग सम्बद्ध छन् ।
पहिले शिक्षण पेशाबाट सेवा निवृत भएदेखि थापासंग अघिल्ला तीन कार्यकाल दैलेख उद्योग बाणिज्य संघको सदस्य, महासचिव र बरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी सम्हालेको अनुभव छ ।