कर्णाली नदीमा डुबेर एक जना बेपत्ता

शंकर किशाेर अभय । २६ वैशाख दैलेख
कर्णाली नदीमा डुबेर एक जना वेपत्ता भएका छन् । दैलेखको चामुण्डाबिन्द्रासैनी नगपालिका ९ दौसुरका १५ वर्षीय भूपेन्द्र सावनको शुक्रवार दिउँसो कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका प्रहरीले जनाएको छ ।
मलामी गएको बेला कर्णाली नदीको लामादुवाला घाटमा पौडी खेल्ने क्रममा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले जानकारी दिए । पालतडा र तल्लोडुंङ्गेश्वरबाट समेत प्रहरी परिचालन गरी खोजी चलिरहेको तर फेला नपरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *