दैलेखमा भिरवाट लडेर २१ वर्षिय युवकको मृत्यु
मातृभूमी संवाददाता । ०५ जेठ दैलेख
दैलेखको भगवतीमाई गाउँपालिकामा भिरवाट लडेर एक जना युवकको मृत्यु भएको छ । भगवतीमाई गाउँपालिका ३ सान्तडामा २१ बर्षीय मिमवहादुर चन्दको भिरवाट लडेर मृत्यु भएको हो । भगवतीमाई गाउँपालिका १ वेस्तडा वजारवाट वडा नं. ३ मेहेलतोलीमा रहेको घर जाने क्रममा भिरवाट लडेर चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
गएराति करिव १० बजेर तिर वेस्तडा वजारवाट घर जाने क्रममा सान्तडाको भिरवाट लेडेर २१ वर्षिय चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश वरालले जानकारी दिए ।

