ठाँटिकाँध गाउँपालिका ४ विद्युतको राष्ट्रिय प्रसारण लाईनमा जोडियो

मातृभूमी संवाददाता । ०५ जेठ दैलेख
दैलेखको ठाँटिकाँध गाउँपालिका वडा नं. ४ राष्ट्रिय प्रसारण लाइनको विद्युतमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखले राष्ट्रिय प्रसारण लाइन बिस्तार गरेपछि ठाँटिकाँध गाउँपालिका ४ को डाँडागाउँमा विद्युत जोडिएको हो ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखका प्रमुख नरेशदत्त रावलले दैलेखको ठाँटिकाँध गाउँपालिका ४ को डाँडागाउँसम्म राष्ट्रिय प्रसारण लाइन बिस्तार गरिएको वताए । विद्युत गाउँसम्म पुगेपछि स्थानीय वासिन्दा खुसी भएका छन् ।
ठाँटिकाँध गाउँपालिका वडा नं. ३ को बहाकोटदेखि वडा नं. ४ को डाडाँगाउँसम्म यहि जेठ ४ गते विद्युत लाईन सञ्चालन भएको ४ नं. वडाध्यक्ष केहेरसिं कठायतले जानकारी दिए । वडाध्यक्ष कठायतले विद्युतका पोलहरुको नजिक नजान, पोल नजिक नबस्न र नटाँसिन सर्वसाधारण नागरिकलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *