कर्णाली राजमार्गमा दुर्घटना हुँदा तीन जना घाइते
मातृभूमी संवाददाता । ०८ जेठ दैलेख
कर्णाली राजमार्ग अन्तरगर्त वड्डिचौर–तल्लो डुङ्गेश्वर सडक खण्डमा भएको दुर्घटनामा तीन जना घाईते भएका छन् । कर्णाली राजममार्ग अन्तरगर्त वड्डिचौर–तल्लो डुङ्गेश्वर सडक खण्डको अम्लिसेमा गुडी रहेको गाडीमा ढुंगा खस्दा चालक सहित दुई जना यात्रु घाइते भएका हुन् ।
सुर्खेतवाट दैलेखको दुल्लु आउँदै गरेको कर्णाली प्रदेश ०८७४ नम्बरको एसएमल गाडीमा वुधवार राति करिव ७ वजेतिर सडक माथिबाट ढुंगा खस्दा भैरवी गाउँपालिका ३ का चालक ३० वर्षीय रमेश विक, ३३ वर्षीय पदम आचार्य र दुल्लु नगरपालिका ९ का ६२ वर्षीय लक्ष्मी पुरी घाइते भएको प्रहरी चौकी तल्लो डुङ्गेश्वर दैलेखले जानकारी दिएको छ ।
घाइते तीन जनाको अवस्था सामान्य रहेको र उद्दार गरेर उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाईएको प्रहरीले जनाएको छ । अन्य यात्रुहरुलाई अर्काे सवारीबाट गन्तव्यतिर पठाइएको प्रहरीले जनाएको छ ।

