विद्यालयलाई खेलकुदका सामग्री हस्तान्तरण
मातृभूमी संवाददाता । ०८ जेठ दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १ मा रहेको त्रिवेणी संगम माद्यामिक बिद्यालयलाई खेलकुदका सामाग्री हस्तान्तरण गरिएको छ । डुङ्गेश्वर गाउँपालिका १ नम्बर वडा कार्यालयले बिद्यालयलाई खेलकुदका सामग्री हस्तान्तरण गरेको हो । बालबालिकाले खेलकुदमा रुचि राखुन् र खेल विकासमा सहयोग पुगोस् भन्ने उदेश्यले खेल सामग्री बितरण गरिएको जनाइएको छ ।
बितरण गरिएका खेल सामाग्रीमा भलिबल २ थान, फुटबल १ थान, भलिबलको जाली १ थान, चेस खेलका सामाग्री १ सेट लागाएतका सामाग्री बिद्यालयलाई हस्तान्तरण गरिएको डुङ्गेश्वर गाउँपालिका १ वडाध्यक्ष श्याम रानाले जानकारी दिए ।

खेलकुदले बालबालिका स्वस्थ हुनुका साथै अनुसासित बनाउने वडाध्यक्ष रानाले बताए । खेल सामाग्री हस्तान्तरण कार्यक्रमा वडाध्यक्ष रानाले बिद्यालयमा हुने हरेक विकास निर्माणका साथै हरेक क्रियाकलापमा आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
बिद्यालयको प्रगतिका लागि वडाले गरेको खेलकुद सामाग्री वितरणले सकारात्मक सन्देश दिएको विद्यालयका सहायक प्रधानाध्यापक शेर बहादुर विश्वकर्माले बताए । बिद्यालयमा के कस्तो समस्या छ भनेर वडाले सम्पर्क गरेपछि साना बालबालिकाको लागि खेलकुद सामाग्री आवस्यक रहेको जानकारी गराएपछि वडा कार्यालयबाट उक्त सामाग्री प्राप्त भएकोमा सहायक प्रधानाध्यापक विश्वकर्माले बताए ।
वडाबाट वितरण गरिएको खेलकुद सामाग्रीको सहि रूपमा सदुपयोग हुने विद्यालय व्यवस्थापन समितिका सदस्य अर्जुन केसीले प्रतिबद्धता व्यक्त गरे ।


