निःशुल्क १ दिने माटो परीक्षण शिविर सम्पन्न

मातृभूमी संवाददाता । १२ जेठ दैलेख
दैलेखमा माटोमा उत्पादन क्षमता कम हुन नदिन र अन्नबाली उत्पादनमा ह्रास हुनबाट बचाउन माटो परीक्षण शिविर सम्पन्न भएकाे छ । कर्णाली प्रदेश एकीकृत कृषि प्रयोगशाला, सुर्खेतको आयोजना तथा प्राविधिक सहयोग, गुराँस गाउँपालिका दैलेखको समन्वय तथा सोसेक नेपाल अन्तरगत ग्रीन कर्णाली परियोजनाको सहजीकरणमा गुराँस कृषि केन्द्र, घोडाबासमा निःशुल्क १ दिने माटो परीक्षण शिविर सम्पन्न भएको हाे।
गुराँस गाउँपालिका दैलेखले व्यावसायिक कृषिका लागि माटो परीक्षण गर्न शुरु गरेको हो । माटो परीक्षण गरी उत्पादन वृद्धि गर्नका लागि यस गाउँपालिकाका परियोजना क्षेत्रका किसानहरुको माटो संकलन गरी गुराँस कृषि केन्द्रमा परीक्षण गरिएको हो ।
दिगो कृषि उत्पादनका लागि माटोको गुणस्तर अनुसार खाद्यान्न तथा तरकारी उत्पादन क्षेत्रका रुपमा विकास हुने गरेको गुराँस गाउपालिका ४ का वडा अध्यक्ष खड्क बहादुर शाहीले बताए ।


माटोलाई जीवित राख्दै उत्पादन बढाउनका लागि माटोको परीक्षण गर्दै प्रांगारिक मलको प्रयोग गनुपर्ने कर्णाली प्रदेश एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख चित्र रोकायले बताए ।
गाउँपालिका अन्र्तगतका ४ वटा वडामा खेती गरिँदै आएको १ सय ४१ भन्दा बढी ठाउँको माटो कृषि केन्द्रमा ल्यार विषेशज्ञबाट माटो परीक्षण गरिएको छ । कार्यक्रममा ग्रिन कर्णाली परियोजना संयोजक पुष्कर शर्माले माटोको परीक्षण पटक पटक गरेपछि मात्र उत्पादनमा बृद्धि हुने बताए । माटो अवस्था थाहा पाउन र उत्पादनमा बृद्धि गर्न सम्पुर्ण कृषकले अनिवार्य माटो जाँच गर्नुपर्ने गुराँस गाउँपालिकाका कृषि शाखा प्रमुख निर्मल भुसालले बताईन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *