दैलेख र जाजरकोटका सुरक्षा समितिको बैठक सम्पन्न

मातृभूमी संवाददाता । २३ जेठ दैलेख
जाजरकोट र दैलेख जिल्लाको विपद् व्यवस्थापन, राजमार्ग सुरक्षा र भौगोलिक अन्तर सम्बन्ध विषयमा जाजरकोटको कार्की गाँउमा अन्तर जिल्ला सुरक्षा समितिको बैठक बसेको छ । जाजरकोट छेडागाड नगरपालिका १२ मा बैठक बसेको हो । बैठकमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगराती, नेपाली सेनाका प्रमुख सेनानी भीष्म केसी, जाजरकोटका प्रहरी इञ्चार्ज डीएपी बसन्त शर्मा, सशस्त्र प्रहरीका डीएसपी लालबहादुर चन्द, दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, नेपाली सेनाका सेनानी सुमन कार्की, दैलेखका प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बराल, सशस्त्र प्रहरीका डीएसपी चन्द्रबहादुर खत्री लगायतका सुरक्षा अधिकारीहरुको सहभागीता रहेको थियो ।


सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षाको अवस्था, आपराधिक गतिविधिको रोकथाम, विपद् व्यवस्थापन, अवाञ्छित गतिविधि नियन्त्रण लगायतका विषयमा विस्तृत छलफल गर्नुका साथै आपसी समन्वय र सहयोगलाई अझ प्रभावकारी बनाउने विषयमा रणनीतिक योजना र योजना कार्यान्वयन विषयमा विचार विमर्श भएको अधिकारीहरुले बताएका छन् । सीमा र सुरक्षा सवाल जोडिएका विषयमा एकै थलोमा छलफल गर्ने अभ्यासले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सहकार्य बढेको अधिकारीहरुले वताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *