दैलेखमा कोल्ड स्टोर उद्घाटन

मातृभूमी संवाददाता २८ जेठ दैलेख
कर्णाली प्रदेश सरकारका कभूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनोदकुमार शाहले दैलेख सदरमुकाममा रहेको कोल्ड स्टोरको उद्घाटन गरेका छन् । कृषि विकास कार्यालय दैलेखले नारायण नगगरपालिका ६ गणेशचोक नजिकै निमार्ण गरेको कोल्ड स्टोरको एक कार्याक्रमकावीच मंगलवार मन्त्री शाहले उद्घाटन गरेका हुन् ।
कोल्ड स्टोर संञ्चालन भएपछि कृषकहरूले उत्पादन गरेका कृषिजन्य उत्पादनहरू लामो समयसम्म ताजा राख्न प्रदेश बाहिरका चिस्यान केन्द्रमा लिनुपर्ने बाध्यता हटेको कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले बताए । कार्यालय परिसरसँग जोडिएको कृषि सामग्री केन्द्रको जीर्ण भवनलाई हटाएर अत्याधुनिक सुविधा सहितको भण्डारण भवन निर्माण गरेर तयार अवस्थामा राखिएको कार्यालय प्रमुख पाण्डेले बताए ।

कोल्ड स्टोरबाट तरकारी तथा फलफुल किसानले लाभ लिने गरेका छन् । सुन्तला, किवी, जुनार, कागती, स्याउ, तरकारी लगायत फलफूल भण्डारण गर्न सकिने भएपछि किसानहरु उत्साहित भएका छन् । किसानहरूले उत्पादन गरेका कृषि खाद्यवस्तुलाई ध्यानमा राखी जति सक्दो छिटो सञ्चालनमा ल्याउँदा किसानले मूल्य पाउने र मनग्य आम्दानी गर्न सक्ने विश्वास सहित सेवा विस्तार गरिएको कृषि विकास कार्यालय दैलेखका कृषि अर्थविज्ञ झकल बहादुर भण्डारीले बताए ।कृषि सामाग्री कम्पनी लिमिटेडको नाममा रहेको जग्गामा कृषि विकास कार्यालय दैलेखबाट आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० मा १ करोड ५० लाखमा निर्माण भएको कोल्ड स्टोरमा ३ वटा कोल्ड च्याम्बर रहेको र जसको क्षमता करिव १ सय ५० मेट्रिक टन रहेको कृषि अर्थविज्ञ भण्डारीले जानकारी दिए ।
साथै सोहि कार्यक्रमा मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार समेत वितरण गरिएको थियो । प्रथम हुने नारायण नगरपालिका २ का कृषक खगिसरा भण्डारीलाई ३० हजार नगद सहित प्रमाण पत्र, द्वितिय हुने नारायण नगरपालिका १ का कृषक विजय ज्ञवालीलाई २५ हजार नगद सहित प्रमाण पत्र र तृतिय हुने नारायण नगरपालिका ६ का कृषक राजु केसीलाई २ हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *