जग्गा विवादको विषयमा झडप हुँदा एक जनाको मृत्यु
मातृभूमी संवाददाता । २९ जेठ दैलेख
जग्गा विवादको विषयमा झडप हुँदा दैलेखमा एक जनाको मृत्यु भएको छ । भैरवी गाउँपालिका ६ कुर्माकोटका ५१ वर्षीय रामबहादुर हमालको मृत्यु भएको हो । गएराति कुर्माकोटको ज्यामुडाँडामा भएको झडपमा हमाल घाइते भएको र कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा बिहिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डीएसपी) गणेश बहादुर बरालले जानकारी दिए ।
पीडित पक्षले दिएको उजुरीका आधारमा एकै घरका कुल बहादुर सिंह, मनिषा सिंह र सुरेन्द्र सिंहलाई पक्राउ गरिएको र थप अनुसन्धान भई रहेको डीएसपी बरालले बताए ।