फौजी कीराको प्रकोप, उपचार र रोकथाम

जित बहादुर थापा (रोशन) । २९ जेठ दैलेख
दैलेखका अधिकांश खेतबारीमा लगाएको मकै फौजी कीराले नष्ट गर्न थालेपछि दैलेखका किसान चिन्तित भएका छन् । सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि कीराका कारण निस्कन सकेका छैनन् । केही निस्किहाले भने पनि त्यो धानचमराले काम नगर्ने, घोगा नलाग्ने, पात ठुटै पारेर खानेजस्ता समस्या छ ।
जिल्लाका किसानले खेतबारीमा लगाइएको मकैमा फौजी कीराले दुःख दिने गरेको हो । फौजी कीरा नियन्त्रण नगर्ने हो भने मकैबाली सखाप परिदिने अवस्था भएको नारायण नगरपालिका ७ का स्थानिय गणेश खत्रीले जानकारी दिए ।
कृषि विकास कार्यालय दैलेखका कृषि अर्थविज्ञ झकल भण्डारीका अनुसार फौजी कीराले मकैबाली खान थालेको आफूलाई जानकारी आएपछी कृषकको माग अनुसार औषधी पठाएको बताए । यसलाई नियन्त्रण गर्नका लागि आवश्यक पहल पालिकामा र अन्य निकायामा गरेपनि नियन्त्रणका लागि निकै समस्या रहेको कृषि अर्थविज्ञ भण्डारीको भनाई छ ।
बैशाख जेठमा लगाएको मकैमा फौजि किराको प्रकोप देखिएको डुङ्गेश्वर गाउँपालिकाका कृषि शाखा प्रमुख विश्बविक्रम रावलले जानकारी दिए । यस्तो समस्या दैलेखका सबै स्थानिय तहमा रहेको कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख दशरथ पाण्डेले वताए ।
किरा लाग्यो भन्ने मकैको पात सेतो देखिने, किराको आलो दिशा पनि देखिने, मकैको गुबो कोट्याएर हेर्यो भने त्यहाँ किरा भेटिने, त्यो किराको पछाडि भागमा बराबर ४ वटा प्वाल देखियो भने त्यो फौजी किरा भएको र यसको रोकथामका उपाय अपनाउनु पर्ने कार्यालय प्रमुख पाण्डेले बताए ।


फौजी कीराको व्यबस्थापन कसरी गर्न सकिन्छ, भने विषयमा दैलेखको डुङ्गेश्वर गाउँपालिकाका कृषि शाखा प्रमुख विश्व विक्रम रावल संगको छलफल…
साना किरा छन् भने निममा आधारित विशादी हाल्नुपर्छ । अलि ठूला जातका किरा छन् भने सुरक्षित विषादीको प्रयोग गर्नुपर्ने हुन्छ । मकैको पातमा प्वाल पारेको तथा गुभोमा क्षतिको लक्षण देखा परेमा इमामेक्टिन बेन्जोयट ५ प्रतिशत एस. जी. ० दशमलप ४ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्नु पर्दछ । त्यस्तै नीमजन्य बिषादी एजाडिराक्टिन १ हजार ५ सय पिपिएम प्रतिशत मिलि लिटर प्रति लिटर पानीमा मिसाएर छर्ने गर्नुपर्दछ ।
जैविक बिषादीको हकमा ब्याक्टेरीयामा आधारित बिषादी जस्तै महाशक्ति, डाइपेल २ मिलिलिटर वा २ ग्राम प्रति लिटर पानीमा राखी छर्नुपर्ने कृषि शाखा प्रमुख रावलले जानकारी दिए ।
क्लोरान्ट्रानिलिप्रोल १८ दशमलप ५ प्रतिशत एस.जी. ० दशमलप ४ मिलिलिटर प्रति लिटर पानीमा मिसाएर छर्ने, स्पाइनोस्याड ४५ प्रतिशत एस.सी.० दशमलप ३ मिलिलिटर प्रति लिटर पानीमा मिसाएर छर्ने र वास्पाइनेटोराम ११ दशमलप ७ प्रतिशत एस.सी.० दशमलप ४ मिलिलिटर प्रति लिटर पानीमा मिसाएर छर्ने गर्नु पर्दछ । इमिडाक्लोरप्रिड ४८ प्रतिशत एफ एस नामक बिषादी भने ४ मिली लिटर प्रति किलोग्राम बीउमा छर्नुपर्छ । एउटै बिषादी निरन्तर प्रयोग नगरी आलोपालो गरी प्रयोग गर्ने तथा घोगा लागिसके पछि बिषादी प्रयोग गर्न हुदैन् । बिषादी छर्दा एक रोपनीमा लगाइएको मकैलाई २५ लिटर बिषादी हालेको तयारी झोल प्रयोग गर्नुपर्दछ । यसमा किसानले मेहेनेत बढी गर्नुपर्ने कृषि शाखा प्रमुख बताउछन् ।
यसरी विषादी प्रयोग गर्दा फौजी किराको अस न्युन हुने उनको अनुभव छ । मकै रोप्नुअघि गहिरो गरेर खनजोत गर्ने, घोगा राम्रोसँग खोस्टाले छोपिने जातको मकै लगाउने, बर्खे मकै सकेसम्म ढिलो नगरी समयमै रोप्ने तथा निश्चित ठाउँमा सबैले एकै समयमा अर्थात् एक हप्ताभित्र रोप्ने र मकै कोसेबालीको रूपमा लगाउँदा कीराको प्रकोप कम गर्न सकिने कृषि शाखा प्रमुख रावलले बताए ,
त्यस्तै, सिफारिस अनुसारको मल प्रयोग गरर बिरुवालाई स्वस्थ र बलियो बनाई किराको प्रकोप सहन सक्ने पार्ने, डेस्मोडियम घाँस यस किरालाई मन नपर्ने हुनाले मकैको बीच बीचमा यो घाँस लगाएर धपाउने र छेउछेउमा यस कीरालाई मनपर्ने नेपियर घाँस लगाएर आकर्षित गरी विषादी प्रयोग गर्न सुझव दिए ।
यो किराले मकै देखि ३ सय ५३ विभिन्न प्रजातिका बालि जस्तै जुनेलो, कोदो, उखु, गहु, धौसे बालीहरू, तेलहन बाली, लहरे बाली आदिमा प्रकोप गरेको देखिनछ । जीवन कालमा १५००–२००० वटा सम्म अण्डा पार्ने र उपयुक्त स्थानको खोजीमा एक रातमा ५०० किलो मीटरसम्म उडन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *