खोलामा डुबेर बालकको मृत्यू
मातृभूमी संवाददता । ०१ असार दैलेख
मलामी गएका बेला पौडी खेल्दै गर्दा पानीमा डुबेर एक बालकको मृत्यू भएको छ । दैलेखको गुराँस गाउँपालिका ४ रिठाका ११ वर्षीय बालक कमल खड्काको रतिखोला घाटमा पौडी खेल्दै गर्दा डुबेर बेहोस भएका बालकलाई उपचारका लागि दैलेख अस्पतालमा ल्याइएको थियो ।
पौडी खेलेको ठाउँमा डुबेको थाहा पाएर स्थानीयले उद्धार गरेको र प्रहरी समेतको सहयोगमा दैलेख अस्पतालमा ल्याई सकेपछि चिकित्सकले बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी गणेश बहादुर बरालले जानकारी दिए ।
गुराँस गाउँपालिका ४ मैलारीकी महिला ४१ वर्षीया टिका बीसी घाँस काट्दै गर्दा खनियाको रुखबाट खसेर घटना स्थलमै शनिबार विहान मृत्यू भएको थियो । उनै मृतक महिलाको मलामी गएको बेला बालकले पौडी खेल्न लाग्दा डुवेर मृत्यू भएको हो ।