बसन्त मावि किमुगाउँमा छात्रवृति वितरण
मातृभूमी संवाददाता । ०१ असार दैलेख
दैलेखको नारायण नगरपालिका ७ मा रहेको बसन्त माध्यमिक विद्यालयमा अक्षयकोषको छात्रवृति वितरण तथा सालिक अनावरण गरिएको छ । विद्यालयमा अध्ययनरत मेधावी विद्यार्थीहरूलाई तपेन्द्र रावल स्मृति अक्षयकोषबाट १० जना विद्यार्थीलाई एक/एक हजार रुपैयाँ छात्रवृति प्रदान गरिएको छ । त्यसैगरी, स्वर्गीय सह सेनानी तपेन्द्र रावलको शालिक अनावरण गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक धर्मराज खड्काले विद्यालयमा कक्षा १ देखी १० सम्मका कक्षा प्रमथ हुने विद्यार्थीलाई छात्रवृति वितरण गरिएको जानकारी दिए । छात्रवृति वितरण तथा सालिक अनावरण कार्यक्रममा प्रमुख अतिथि नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले शिक्षाको गुणस्तर सुधार गर्न आवश्यकता रहेको भन्दै अनुसाशित, मिहेनती र लगशिल भएर पढ्न विद्यार्थीलाई अनुरोध गर्दै नगरपालिकामा शिक्षा मुहार फेरीने गरी अध्यापन गराउन शिक्षकहरुलाई निर्देशन दिए ।
छात्रवृति वितरण तथा सालिक अनावरण कार्यक्रममा शैक्षिक सत्र २०८१ मा कक्षा १ प्रथम छात्रा दिपिका रावत, कक्षा २ प्रथम छात्रा सोनिका शाही, कक्षा ३ प्रथम छात्रा गरिमा मर्स्याङ्गी, कक्षा ४ प्रथम छात्रा खुशी मल्ल, कक्षा ५ प्रथम छात्रा दिलमाया गिरी, कक्षा ६ प्रथम छात्रा आरति खनाल, कक्षा ७ प्रथम छात्र हितेस कोइराला, कक्षा ८ प्रथम छात्र सुरत कँुवर क्षेत्री, कक्षा ९ प्रथम छात्राहरु दीक्षा खनाल र अस्मिता रावत र एसइइ परिक्षामा विद्यालयबाट सबैभन्दा वढि अंक ल्याएर प्रथम हुने छात्रा पार्बती खड्कालाई नगद एक/एक हजार छात्रवृति प्रदान गरिएको थियो ।
२०७२ साल बैशाख १२ गते गएको भुकम्प र बैशाख २९ गते दोस्रो पटक गएको भुकम्पपछि खोज तथा उद्धारका क्रममा नारायण नगरपालिका ८ सिमाडाका क्याप्टेन स्वर्गीय तपेन्द्र रावलको सिन्धुपाल्चोकमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । स्वर्गीय रावलको सम्झनामा परिवारले रावल पढेको बसन्त माध्यामिक विद्यालय किमुगाउँमा अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष जेहेन्दार विद्यार्थीलाई छात्रवृति वितरण गर्दै आएका छन् ।
साथै विद्यालयको हाताभित्र स्वर्गी रावलको शालिक समेत निर्माण गरिएको छ । स्वर्गीय रावलको मृत्यु पछि नेपाली सेनाले रावललाई मरणोपरान्त सह सेनानीको दर्जा प्रदान गरेको थियो । सह सेनानी रावलको शालिक अनावरण गर्दै नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले रावलको योगदान देशले कहिल्यै विर्सन नसक्ने बताए । नगरप्रमुख शर्माले स्वर्गीय रावल प्रति श्रदान्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरे । कार्यक्रममा स्वर्गीय रावलका वुवा वलवहादुर रावलले सम्पुर्णलाई धन्यवाद दिए ।
यस्तै स्वर्गीय रावलको शालिक निर्माण गर्ने नेपाली सेनाका राजु रावतलाई रावलका परिवारले १० हजार पुरस्कार स्वरुप प्रदान गरेको छ भने अर्का शालिक निर्माणकर्ता कृष्ण बहादुर रावतलाई फुलमालाले सम्मान गरेका थिए ।
यसैगरी शैक्षिक सत्र २०८१ मा बसन्त माध्यामिक विद्यालय प्रथम छात्रा गरिमा मर्साङ्गी, विद्यालय द्धितिय छात्रा सोनिका शाही र विद्यालय तृतिय खुशी मल्ललाई राम मेडिकल दैलेखले नगद पुरस्कार वितरण गरेको छ ।
राम मेडिकल दैलेखका संचालक राम थापाले विद्यालय प्रथम छात्रा मर्साङ्गीलाई नगद ३ हजार, विद्यालय द्धितिय छात्रा शाहीलाई २ हजार पाँच सय र विद्यालय तृतिय छात्रा खुशी मल्ललाई २ हजार र प्रमाणपत्र प्रदान गरेका हुन् । संचालक थापाले सामाजिक उत्तरदायित्व अर्न्तगत नगद छात्रवृति प्रदान गरिएको वताए । उनले आफ्नो सानो सहयोगले विद्यार्थीलाई हौसला प्रदान गर्ने वताए ।