झोलुङ्गे पुल निर्माणमा वडाध्यक्षले अवरोध पुर्‍याएपछि वडा कार्यालयमा तालाबन्दी

सांकेतिक तस्विर

जित बहादुर थापा (राेशन) । ०२ असार दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. ३ को वडा कार्यालयमा तालावन्दी गरिएको छ । निर्माणाधीन झोलुङ्गे पुलको काम रोकेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको हो । वडाको विकास निर्माणमा वडाध्यक्षले ठाडो हस्तक्षेप गरेको भन्दै गाउँपालिकाका पुर्व अध्यक्ष नगेन्द्र बहादुर मल्ल लगाएको टोलिले आईतवार वडा कार्यालयमा तालाबान्दी गरेको जनाईएको छ ।
डुङ्गेश्वर गाउँपालिका वडा नं. ३ नयाँटाकुरा खोलामा बन्न लागेको झोलुङ्गे पुलको काम वडाध्यक्षले ठाडो हस्तक्षेप गरेर रोकेकाले तालाबन्दी गर्नु परेको गाउँपालिकाका पुर्व अध्यक्ष मल्लले वताए । विवादकै कारण पुल निर्माणको काम झण्डै ९० दिनदेखी रोकिएको गाउँपालिकाका पूर्व अध्यक्ष मल्ल बताए ।
वडाध्यक्ष कृष्ण बहादुर खत्रीले उक्त ठाउँमा पुल निर्माण गर्न नहुने भन्दै पुल निर्माणको काम रोकेपछि ताला लगाईएको हो । वडा कार्यालयमा ताला लगाएपछि सेवाग्राही मर्कामा परेका छन् । पुर्वाधार विकास कार्यालय दैलेखवाट सम्झौता गरी २०८१ माघदेखी काम शुरु भएको र केही काम भैसकेपछि वडाध्यक्ष खत्रीले ठाडो हस्तक्षेप गरेर रोकपछि ताला लगाउनु परेको नेपाली कांग्रेसका नेता बखत सापकोटाले वताए ।
आ.व. २०८१/८२ मा २५ लाख वरावरको काम गर्नुपर्ने भएपनि वडाध्यक्ष खत्रीको ठाडो हस्तक्षेपका कारण निर्माणको काम नै हुन नसकेको नेता सापकोटाले वताए । यता वडाध्यक्ष खत्रीले उक्त ठाउँमा पुलको कुनै आवश्यकता नै नरहेको भन्दै पुल निर्माणको काम रोकेको वताएका छन् । वडाध्यक्ष खत्रीले जनताको विकासका लागि आएको रकम फजुल खर्च गर्न नहुने वताएका छन् । उक्त पुल निर्माण पश्चात ६० घरधुरी लाभान्नित हुने स्थानीयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *