विद्यालय बन्द गरेर शिक्षक/जनप्रतिनिधि भ्रमणमा, पठनपाठन प्रभावित


मातृभूमी संवाददाता । ०४ असार दैलेख
दैलेखको भगवतीमाई गाउँपालिका ७ स्थित भैरव माध्यमिक विद्यालयका शिक्षक, व्यवस्थापन समिति र जनप्रतिनिधिहरू विद्यार्थीको पढाइ नै रोकेर एक हप्ते शैक्षिक भ्रमणमा निस्किएका छन् । असार मसान्तमा बजेट सक्ने हतारोमा विद्यालय नै बन्द गरेर उनीहरू परिवार सहित भ्रमणमा गएको भन्दै स्थानीय स्तरमा चर्को आलोचना सुरु भएको छ । विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै बुधबारदेखि ७ दिनका लागि विद्यालयमा तालाबन्दी गरिएको हो ।
नमुना विद्यालय कार्यक्रम अन्तर्गत शिक्षा विभागबाट प्राप्त ६ लाख रुपैयाँ अनुदान खर्च गर्न यो भ्रमण आयोजना गरिएको बताइएको छ । बुधबार बिहानै विद्यालयबाट बस रिजर्भ गरेर भ्रमण टोली हिँडेपछि सयौँ विद्यार्थीको पठनपाठन ठप्प भएको छ । भ्रमणमा वडा अध्यक्ष र व्यवस्थापन समितिका सदस्यहरूले आफ्ना आफन्तजस्ता असम्बन्धित व्यक्तिहरूलाई समेत लगेको आरोप छ ।
विद्यालयका सहायक प्रधानाध्यापक चित्र थापाले यो कदम नमुना विद्यालय कार्यक्रमको नीतिविपरीत र पूर्णतः मनोमानी भएको बताए । ‘कार्यक्रम सञ्चालन समितिलाई कुनै जानकारी नदिई एकलौटी निर्णय गरेको उनले बताए ।
यस्तै राष्ट्रिय प्रजातान्त्रिक युबासंघ दैलेखका अध्यक्ष प्रकाश शाही विद्यालयका शिक्षक/शिक्षिकाले करिव/करिव एक वर्षको तलव नपाएको बताए । उनले व्यवस्थापन समितिका अध्याक्ष र प्रधानाध्यापकका आफ्‌न्त र आफना पार्टीका मान्छेलाई मात्रै भ्रमण लगेको गुनासाे गरे । यस्तै उनले विद्यालय घेरवारको लागी विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर विक र वडा अध्यक्ष पूर्ण बहादुर थापा मिलेर पर्खालका विषयमा एकलौटी निर्णय गरेको गुनासो शाहीले गरे । उक्त पर्खालमा कमसल सामाग्री प्रयोग गरेरको बताए । वालुवार सिमेन्ट भन्दा धेरै ढुगा प्रयोग गरेको बताए ।
यस विषयमा प्रतिक्रिया लिन भगवतीमाई गाउँपालिका ७ का वडा अध्यक्ष पुर्ण बहादुर थापाले एउटा सानो मिटिङ्गमा छु भन्दै फोन काटेका छन् भने विद्यालयका प्रधानाध्यापक पूर्ण बहादुर भण्डारीलाई पटक–पटक फोन सम्पर्क गर्दा उनकाे फोन उठेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *