डुङ्गेश्वर गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

मातृभूमी संवाददाता । ०५ असार दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा गरिएको छ । एक कार्यक्रम बिच स्थानीय स्वामित्व र सहभागितामा : पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ गाउाँपालिकाले घोषण गरेको हो ।
गाउँपालिका ६ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चिता भएपछि पूर्ण खोपयुक्त सुनिश्चिता गाउँपालिका घोषणा गरिएको डुङ्गेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्षमण खत्रीले जानकारी दिए । २३ महिना मुनिका बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोे उहाँले बताए ।
उहाँले १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाले लगाएको खोप सुनिश्चिता भएपछि पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो । डुङ्गेश्वर गाउँपालिका पूर्ण खोप सुनिश्चिता घोषण कार्यक्रमले दिगो विकास लक्ष्य हासिल गर्न महत्वपुर्ण भूमिका खेल्ने र पूर्ण खोप सुनिश्चिता घोषण जिल्लाको डुङ्गेश्वर गाउँपालिका तेर्सो भएको स्वास्थ्य सेबा कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले बताए ।


सबै वडामा रहेका बालबालिकाहरुको खोजी गरी खोपको पहुँच भन्दा बाहिर रहेका बालबालिकालाई समेत खोपको पहुँचमा ल्याउनुपर्ने डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले जानकारी दिए । उहाँले पूर्ण खोप युक्त गाउँपालिका घोषणा गर्न स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको उहाँले बताए ।
गाउँपालिकाले सबै बालबालिकाले पूर्ण खोप पाएकोले सुनिश्चिता सहित ६ वटै वडालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस्तै कार्यक्रममा प्रत्येक वडा कार्यालय, ६ जना स्वम सेविका र २२ जना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *