विद्यार्थी र अभिभावकद्धारा विद्यालयमा तालाबन्दी


मातृभूमी सवाददाता । ०९ असार दैलेख
शैक्षिक भ्रमणको बिषय पेचिलो बन्दै गइरहेका बेला दैलेखको भगवतीमाई गाउँपालिकामा रहेको भैरव माध्यामिक विद्यालय खोरमा विधार्थी र अभिभावकले विद्यालयमा तालाबन्दी गरेका छन् ।
शिक्षक जनप्रतिनिधिले विद्यार्थीको पढाइ नै रोकेर एक हप्ते शैक्षिक भ्रमणको क्रममा शिक्षक, विधार्थी जानुपर्ने हुदाँ विधार्थी लाई नलिएको, सहायक प्रधानाध्यापक नलिएको, प्रधानाध्यापक, वडाध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतका १३ जनालाई लिएको र ६ लाख बजेट खर्च गरेको प्रश्न उठाउँदै विधार्थी र अभिभावकले विद्यालयमा तालाबन्दी गरेका हुन् ।
असार मसान्तमा बजेट सक्ने हतारोमा विद्यालय नै बन्द गरेर उनीहरू परिवार सहित भ्रमणमा गएको भन्दै स्थानीय स्तरमा चर्को आलोचना भएको छ । विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै सोमबारदेखि विद्यालयमा तालाबन्दी गरिएको हो ।


विद्यालयका सहायक प्रधानाध्यापक चित्र थापाले यो कदम नमुना विद्यालय कार्यक्रमको नीति विपरीत र पूर्णतः मनोमानी गरेको भन्दै तालाबन्दी गरेको बताए । ‘कार्यक्रम सञ्चालन समितिलाई कुनै जानकारी नदिई एकलौटी निर्णय गरेको उनले बताए । नमुना विद्यालय कार्यक्रम अन्तर्गत शिक्षा विभागबाट प्राप्त ६ लाख रुपैयाँ अनुदान खर्च गर्न यो भ्रमण आयोजना गरिएको बताइएको छ ।
गएको बुधबार बिहानै विद्यालयबाट बस रिजर्भ गरेर भ्रमण टोली हिँडेपछि सयौँ विद्यार्थीको पठनपाठन ठप्प भएको छ। भ्रमणमा वडा अध्यक्ष र व्यवस्थापन समितिका सदस्यहरूले आफ्ना आफन्तजस्ता असम्बन्धित व्यक्तिहरूलाई समेत लगेको स्थानीयले आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *