दैलेखमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु
मातृभूमी संवाददता । ११ असार दैलेख
दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भैरवी गाउँपालिका ६ तिजडाँडा भीरमा भएको दुर्घटनामा ट्राक्टर चालक नारायण नगरपालिका १ कुइकानाका २१ वर्षीय इश्वर श्रेष्ठको मृत्यू भएको हो ।
ना.प्र.०२–००१ त ५९१ नम्बरको ट्राक्टर तोरीमुलबाट डाँडामाडी तर्फ आउदै गर्दा गएराति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी गणेश बहादुर बरालले जानकारी दिए ।
सामान्य घाइते भएका सहचालक भैरबी गाउँपालिका ४ का १९ वर्षीय सुन्दर बिष्टको उपचार भईरहेको भने घटनाको अनुसन्धान सुरू भएको डीएसपी बरालले बताए ।