लक्ष्मी नेपालीको अत्यधिक रक्तश्राव हुँदा मृत्यु

मातृभूमी संवाददाता । ११ असार दैलेख
दैलेखकी लक्ष्मी नेपालीको अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको छ । काठमाण्डौको बानेश्वरमा रहेको नेपाल निजामती अस्पतालमा दैलेखको नारायण नगरपालिका २ जाहारकोटकी ३३ वर्षीया नेपालीको उपचारका क्रममा मंगलवार मृत्यु भएको हो ।
मंगलवार बिहान बच्चा जन्माएकी लक्ष्मीलाई लगातार रगत बग्न थालेपछि तीन पोका रगत दिइएको थियो । तर बेलुका मृत्यु भएको दैलेखी सेवा समाज काठमाण्डौका अध्यक्ष प्रताप शाहीले जानकारी दिए । लक्ष्मीका यस अघि दुई सन्तान छन् ।
मंगलवार बिहान जन्मिएको नवजात शिशुको अवस्था स्वस्थ रहेको शाहीले बताए । उनका श्रीमान् दिपक नेपाली स्वास्थ्य सेवा कार्यालय दैलेखका लेखा अधिकृत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *