भगवतीमाई गाउँपालिकाले सार्वजनिक विदा नदिने

मातृभूमी संवाददाता । १३ असार दैलेख
दैलेखको भगवतीमाई गाउँपालिकाले सार्वजनिक विदा नदिने भएको छ । सार्वजनिक विदाको दिन शनिबार र आइतबार कार्यालय सञ्चालनमा रहने गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०८१/०८२ को भुक्तानीको कामलाई मध्येनजर गर्दै १४ र १५ गते धान दिवसको अवसरमा भगवतीमाई गाउँपालिका तथा अर्न्तगतका कार्यालयहरू बन्द नभई सेवा प्रवाह गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण जंग पाण्डे जानकारी दिए ।
सम्पुर्ण शाखाका प्रमुख तथा सम्पुर्ण कर्मचारीहरू अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई नियमित कार्यसम्पादन गर्ने प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।
यस्तै कर्णाली प्रदेश सरकारले धान दिवसका अवसरमा असार १५ गते सार्वजनिक विदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *