कृषकलाई निःशुल्क सुन्तला र कागतीका बिरुवा वितरण गर्ने

मातृभूमी संवाददाता । १५ असार दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका २ नम्वर वडा कार्यालयले वडाका कृषकलाई निःशुल्क रुपमा सुन्तला, कगती र घाँसको बिरुवा वितरण गर्न भएको छ । वडामा कम्तीमा पनि १ सय ५० जना व्यावसायिक रुपमा सुन्तला खेती गर्ने कृषकलाई निःशुल्क रुपमा सुन्तला तथा अमिलो जातका बिरुवा वितरण गर्न भएको हाे ।
डुङ्गेश्वर गाउँपालिका सुन्तला र कागति उत्पादनका लागि प्रसिद्ध मानिँदै आएको छ । खड्क वि.सी कृषि तथा पशुपक्षी फर्म को विभिन्न नर्सरीमा उत्पादन गरिएका र कृषकको मागका आधारमा वडामा सुन्तला तथा अमिलो जातका बिरुवा वितरण गर्ने डुङ्गेश्वर गाउँपालिकाका कृषि प्राविधिक विमल खत्रीले जानकारी दिए ।
वडा कार्यालयले बितरण गर्ने बिरुवामा सुन्तला, कागती घाँस लगायत रहेका छन् । सुन्तलाका बिरुवा कम्तीमा ३ हजार, कागति १ हजार ३ सय रहेको बताइएको छ । वडाभरीका किसानलाई सुन्तला तथा अमिलो लगायतका खेतीमा आत्मनिर्भर गर्नका लागि निःशुल्क रुपमा अमिलो तथा सुन्तलाका बिरुवा वितरण गर्न लागेको डुङ्गेश्वर गाउँपालिकाका २ का वडाध्यक्ष यम बहादुर विष्टले बताए ।
कृषकलाई निःशुल्क रुपमा सुन्तला, कगती र घाँसको बिरुवा यही असार १६ अर्थात (भोली) वितरण गरिने सचिव दुर्योधन वि.सीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *