दैलेखको फुलवारी विद्या मन्दिरको एसईई नतिजा उत्कृष्ट, ४ विद्यार्थीको ए प्लस

मातृभूमी संवाददाता । १५ असार दैलेख
दैलख सदरमुकाममा रहेको फुलवारी विद्या मन्दिरले एसईई २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गर्दै शैक्षिक उत्कृष्टताको पुनः पुष्टि गरेको छ । विद्यालयका अनुसार रोशन बोगटीले ३.९२ जीपीए ल्याएर विद्यालयमा सर्वोच्च स्थान हासिल गरेका छन् । बोगटी दैलेख जिल्लाका बोर्डिङ्ग स्कुलहरुमा जिल्ला टपर भएका छन् ।
यस्तै फुलवारीका हिमाल गुरुङ (३.७०), पुजाराम शाही (३.६३), भुपेश कुमार वुढा मगर (३.६३) ले ए प्लस ल्याएका छन् । एसईई नतिजा अनुसार विद्यालयका ४ जना विद्यार्थीले ए प्लस, १९ जनाले ए, २ जनाले बी प्लस र १ जनाले बी ग्रेड प्राप्त गरेका छन् ।
विद्यालयका प्रिन्सिपल सुवास कुमार थापाले नतिजा अत्यन्तै उत्साहजनक रहेको भन्दै विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनको समन्वयित प्रयासले यस्तो परिणाम सम्भव भएको बताए । यसले विद्यालयको शैक्षिक गुणस्तरमा थप विश्वास दिलाएको प्रिन्सिपल थापाको भनाई छ । प्रिन्सिपल थापाले भविष्यमा अझ गुणस्तरीय शिक्षण प्रणाली मार्फत विद्यार्थीको सर्वांगीण विकासमा केन्द्रित हुने प्रतिबद्धता जनाए ।
यसै अवसरमा एसईई २०८१ मा सफलता प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय परिवारले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । साथै, साथ र सहयोग गर्ने शिक्षक, अभिभावक तथा शुभचिन्तकहरूप्रति विशेष आभार प्रकट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *