मध्य असारसम्म दैलेखमा ३४ प्रतिशत मात्र रोपाँई

  वितिष । १५ असार दैलेख
मध्य असारसम्म दैलेखमा ३४ प्रतिशत मात्र रोपाँई सम्पन्न भएको छ । कृषि विकास कार्यालय दैलेखका अनुसार मध्य असार सम्म ३४ प्रतिशत मात्र रोपाँई सम्पन्न भएको हो । दैलेखको नारायण नगरपालिका ७ विजौराको भनभने फाँटमा भएको धान दिवस तथा रोपाँई महोत्सवमा हालसम्म दैलेखमा ३४ प्रतिशत मात्र रोपाँई सकिएको जनाईएको छ ।
आइतवार नारायण नगरपालिका ७ बिजौराको भनभने फाँटमा भएको २२ औं धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रममा कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले जिल्लामा हालसम्म ३४ प्रतिशत रोपाँई सम्पन्न भएको जानकारी दिए ।
यस्तै कार्यक्रममा नारायण नगरपालिकाका मेयर लोमन शर्माले कृषकहरुको जीवनस्तर उठाउने र प्रविधिको प्रयोग बढाउन सरकारको लगानी बढ्दै गएको उल्लेख गरे । दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले दुई तिहाई कृषकहरुले खेती गर्ने भएपनि उत्पादनले धान्न नसकेको बताए । उनले उन्नत प्रविधि र मेहनत बढाउन कृषकहरुलाई आग्रह गरे ।
प्रगतिशील युवा उद्यमी कृषि तथा पशुपालन समूहका अध्यक्ष सबिरे योगीको अध्यक्षतामा भएको कार्यक्रमपछि मेयर शर्मा, प्रमुख जिल्ला अधिकारी गैह्रे, उपमेयर तप्ता थापा, दैलेखका प्रहरी प्रमुख डीएसपी गणेशबहादुर बराल, सशस्त्र प्रहरीका डीएसपी चन्द्रबहादुर खत्री, कृषि विकास कार्यालय दैलेखका दशरथ पाण्डे, नारायण नगरपालिका कृषि शाखाका खेमराज शर्मा लगायतको टोली रोपाँईमा सहभागी भएका थिए । २२ औं धान दिवस तथा रोपाइँ महोत्सव कृषि विकास कार्यालय दैलेख र नारायण नगरपालिका कृषि शाखाकाे संयुक्त आयाेजनामा सम्पन्न भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *