नारायणमा राजस्व सुधार कार्ययोजना सम्बन्धि छलफल

वितिष । १५ असार दैलेख
दैलेखमा राजस्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धि प्रमाणिकरण कार्याशाला गोष्ठी गरिएको छ । नारायण नगरपालिकाको आयोजना यूरोपियन यूनियनको सहयोग, यूनिसेफ र सशक्त महिला समृद्ध नेपाल कार्यक्रमको प्राविधिक सहयोगमा राजस्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धि प्रमाणिकरण कार्याशाला गोष्ठि गरिएको हो ।
कार्यक्रममा नगर भित्रको आन्तरिक राजस्व कसरी बृद्धि गर्न सकिन्छ ? स्थानीय सरकारको वित्तीय स्रोत, करको दायरा, नगरपालिकाको आन्तरिक स्रोत बृद्धिका लागि स्रोतको पहिचान र राजस्व सम्बन्धि छलफल गरिएको सशक्त महिला समृद्ध नेपाल कार्यक्रमका फोकल पर्सन खमबहादुर थापाले जानकारी दिए ।
कार्यक्रममा नारायण नगरपालिका दैलेखका अधिकृत आठौँ पदम सापकोटाले स्थानिय तहले आफ्नो संचालन खर्च धान्न समस्या भएको बताए । उनले केन्द्रको नितिले बजेट कम आउने गरेको गुनासो गरे । दिगो विकासका लागि केन्द्रको बजेट र नगरपालिकाले राजस्व के कसरी अगाडि बढाउने यस बिषयमा सबैले सहयोग गर्नुपर्ने सापकोटाले वताए ।
यस्तै नगरपालिका भित्रका नागरिकलाई करको दायरामा ल्याउनुपर्ने राजस्व परिचालन तथा स्थानीय आर्थिक विकास युनियन पिएफएम सहयता कार्यक्रमका विज्ञ डाक्टर हेमराज लामिछानेले बताए । उनले हामीले गरेको आम्दानी अनुसार नगरपालिकालाई कर तिर्नुपर्ने बताए ।
नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले कार्यविधि बनाएर राजस्व संकलन गर्नुपर्ने बताए । उनले नगरपालिका आगमि बर्षमा लक्षित बर्गलाई समेटर काम गर्ने बताए । नगरपालिकाले अपेक्षा गरे अनुसारको आन्तरिक आम्दानी गर्न नसक्दा योजना तथा विकास निर्माणमा बाधा पुगेको मेयर शर्माले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *