चामुण्डाबिन्द्रासैनी नगरपालिका ६ मा बालबालिकालाइ खाद्यान्न वितरण
वितिष । १५ असार दैलेख
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका ६ का विपन्न वर्ग तथा जोखिममा रहेका बालवालिकालाई खाद्यान्न वितरण गरिएको छ । वडा कार्यालयको बजेटबाट बिपन्न वर्ग तथा जोखिममा रहेका बालबालिकालाई लक्षित गर्दै खाद्यान्न सामग्री वितरण गरिएको हो ।
एक कार्यक्रममा वडाभित्रका १० जना बालबालिकालाई खाद्यान्न सामग्री प्रदान गरिएको हो । खाद्यान्न वितरण कार्यक्रममा चामुण्डाबिन्द्रासैनी नगरपालिकाकी उपप्रमुख मनसरा कुमारी शर्माले खाद्य सामग्रीहरू हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रम मार्फत सामाजिक न्याय र सहायताको भावना अभिवृद्धि गर्न तथा जोखिममा रहेका बालबालिकाको पोषण सुरक्षामा सहयोग पुर्याउने उद्देश्य लिएको उपप्रमुख शर्माले बताईन् । कार्यक्रममा जनप्रतिनिधि, अभिभावक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।