किसानहरुलाई सुन्तला र कागति तथा घाँसको विरुवा निःशुल्क वितरण

जित बहादुर थापा (रोशन) १६ असार दैलेख 
दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. २ लाँकुरीले आफ्‌नो वडामा रहेका किसानहरुलाई सुन्तला र कागति तथा घाँसको विरुवा वितरण गरेको छ । वडा कार्यालयले वडाका कृषकलाई निःशुल्क रुपमा सुन्तला, कागती र घाँसको बिरुवा वितरण गरेको हो ।
सुन्तला ८० जना र कागती ७१ गरी वडाका १ सय ५१ जना व्यावसायिक रुपमा सुन्तला खेती गर्ने कृषकलाई निःशुल्क रुपमा सुन्तला तथा अमिलो जातका बिरुवा र घाँसको विरुवा वितरण गरेको वडाध्यक्ष यमबहादुर विष्टले वताए । डुङ्गेश्वर गाउँपालिका सुन्तला र कागति उत्पादनका लागि प्रसिद्ध मानिँदै आएको छ । खड्क वि.सी कृषि तथा पशुपक्षी फर्मको विभिन्न नर्सरीमा उत्पादन गरिएका र कृषकको मागका आधारमा वडामा सुन्तला तथा अमिलो जातका बिरुवा वितरण गरिएको डुङ्गेश्वर गाउँपालिकाका कृषि प्राविधिक विमल खत्रीले जानकारी दिए ।


वडा कार्यालयले बितरण गरेको बिरुवामा सुन्तला, कागती र घाँस लगायतका विरुवा रहेका छन् । सुन्तलाका कम्तिमा पनि ३ हजार विरुवा, कागतिका १ हजार ३ सय विरुवा वितरण गरेको वडाध्यक्ष विष्टले वताए । वडाभरीका किसानलाई सुन्तला तथा अमिलो जातका फलफुल लगायतको खेतीमा आत्मनिर्भर बनाउनका लागि निःशुल्क रुपमा सुन्तला तथा अमिलो जातका बिरुवा वितरण गरेको वडाध्यक्ष विष्टको भनाई छ ।
कृषकहरु वडावाट निःशुल्क सुन्तला तथा अमिलो जातका फलफुलका विरुवा र घाँसको विरुवा पाएपछि खुसि खुसी भएका थिए । विरुवा पाउने पाएपछि घर नजिक सरकार छ भन्ने लागेको स्थानीयको भनाई छ


यस्तै दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. २ मा वडाभरीका एकल महिलालाई सुधारिएको चुलो वितरण गरिएको छ । वडा नं. २ को आर्थिक सहयोगमा वडाभरका १९ जना एकल महिलालाई सुधारिएको चुलो निशुल्क वितरण गरिएको हो ।


वडा नम्बर २ भित्र रहेका एकल महिलाको तथ्यांक संकलन गरेर सबैलाई चुलो प्रदान गरिएको डुङ्गेश्वर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष यमबहादुर विष्टले वताए । चुलो सोमबार वडा कार्यालयमा एक कार्यक्रमकावीच वडाध्यक्ष विष्टले वितरण गरेका हुन् । कार्यक्रममा बोल्दै वडाध्यक्ष विष्टले सुधारिएको चुलोले वायु प्रदुषण कम गर्न मद्धत गर्ने बताए ।
अन्य परम्परागत चुलोभन्दा ८० प्रतिशतसम्म धुवा कम उत्पादन गर्ने साथै खाना पकाउने अवधी ५० प्रतिशत छोट्टिने सचिव दुर्योधन वि.सीले बताए । कार्यक्रममा उनले चुलोको प्रयोग र उपयोगिताका बारे समेत सहभागीहरुलाई जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *