दैलेखमा अटो दुर्घटना हुँदा एक जना घाइते

मातृभूमी संवाददाता । १६ असार दैलेख
दैलेखको नारायण नगरपालिका ९ झुप्रेसाल नजिक अटो दुर्घटना हुँदा एक जना घाइते भएका छन् । सोमवार दिउँसो ३ बजेको समयमा नारायण नगरपालिका ९ झुप्रेसाल नजिक भे १ ह १९०९ नम्बरको अटो दुर्घटना हुँदा एक जना घाईते भएका हुन् ।
दुर्घटनामा परी डुङ्गेश्वर गाउँपालिका १, चुप्राकी ३८ वर्षीया बिमा थापा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी गणेश बहादुर बरालले जानकारी दिए । उनका अनुसार अटोमा चालक सहित चार जना सवार रहेका थिए ।
घाईते बिमाको दाहिने हातको माझि औंला भाँचिएको तथा निधार र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घाइते थापाको दैलेख अस्पतालमा उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *