किसानलाई अलैंचीका बिरुवा वितरण

जित बहादुर थापा (रोशन) । १८ असार दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका २ का किसानलाई अलैंचीका बेर्ना वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अर्न्तगत डुङ्गेश्वर गाउँपालिका र लाँकुरी कृषि तथा पशुपन्क्षी सहकारी संस्थाको साझेदारीमा व्यवसायिक अलैंची खेती गरिरहेका किसानलाई ६० हजार बेर्ना वितरण गरिएको हो ।
डुङ्गेश्वर गाउँपालिकाको गुयाली, उम लगायतका ठाउँमा व्यवसायिक अलैंची खेति हुँदै आएको छ । अलैंचीका पुराना बोटबाट बेर्ना सार्दा रोेग फैलिन सक्ने भएकाले नयाँ बेर्ना उमारेर किसानलाई अनुदानमा वितरण गरिएको डुङ्गेश्वर गाउँपालिका २ का वडाध्यक्ष यम बहादुर विष्टले जानकारी दिए ।
डुङ्गेश्वर गाउँपालिका वडा नं २ का कृषि प्राविधिक विमल खत्रीका अनुसार रामशाही र गोलशाही जातका अलैंचीका विरुवा वितरण गरिएको छ । अलैंची खेतिको व्यवसायिक विकास गर्न र किसानहरुलाई प्रोत्साहन गर्न बेर्ना अनुदानमा वितरण गरिएको कृषि प्राविधिक खत्रीले वताए । चिस्यान भएकोे ठाउँ गुयाली बस्तीलाई अलैंची पकेट क्षेत्र छनौट गरिएको प्राविधिक खत्रीले जानकारी दिए ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अर्न्तगत लाँकुरी कृषि सहकारीको ५ लाख ८७ हजार ७ सय २५ रुपैंया र गाउँपालिकाको ६ लाख २२ हजार ७ सय २५ रुपैँया गरी १२ लाख १० हजार ६ सय ५० रुपैँयाको लागतमा कृषकहरुलाई अलैंचिका विरुवा वितरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *